शीर्ष नेताको छलफल : गृहमन्त्रीको राजीनामा माग्ने माओवादीको अडान कायमै


शीर्ष नेताको छलफल : गृहमन्त्रीको राजीनामा माग्ने माओवादीको अडान कायमै
  • उमेश सुनार
  • जेष्ठ १९, २०८२

सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको छलफलमा सहभागी माओवादी सांसद हितराज पाण्डेले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुरा आफ्नो पार्टीले राखेको जानकारी दिए ।

संसद् बैठकमा माओवादीसहितले निरन्तर अवरोध गर्दै गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।

‘हामीले जो विषयवस्तु राखेका छौं । त्यो यथावत् नै छ । सुशासनलाई केन्द्रीत गरेर अघि राख्नुपर्छ भनेका छौं । जुनकुरा हामीले सदनमा राखेका छौं । त्यही विषयवस्तु हो,’ पाण्डले बैठकपछि भने, ‘भिजिट भिसामा जसरी गडबड भएको छ, त्यसलाई गृहमन्त्रीज्यूले हल गर्नका लागि अनुसन्धान गर्नका लागि मार्गप्रशस्त गर्नुपर्छ भनेका छौं ।’

© 2025 All Rights Reserved | Great Khabar || Designed by: Goji Solution